बैंक अफ काठमाण्डूको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

२० भाद्र २०७८, आईतवार १२:३३

२० भदौँ, काठमाडौं । बैंक अफ काठमाण्डूले कुशे औंसी र तीजको अवसरमा नयाँ योजना ल्याएको छ । बैंकले चाड पर्वलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत खाजा अर्डर डर्दा नगदफिर्ताको योजना ल्याएको हो ।

उक्त योजना अन्र्तगत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० सम्मको नगदफिर्ता पाउनेछन् ।

ग्राहकहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग बीओके स्मार्टको मार्फत क्युआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत ईकम (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ ।

यस नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा रु। ५०० सम्मको नगदफिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *