सेयर बजारमा ४४ अंकको पहिरो

२२ भाद्र २०७८, मंगलवार ०९:४७

काठमाडौँ – मंगलबार सेयर बजारमा ४४ अंकको पहिरो गएको छ। सोमबार १६२ अंकले बढेकोमा मंगलबार ४४.१८ अंकले घटेपछि परिसूचक २९३६ अंकमा कायम भएको छ।

यस दिन अन्य समूह १९ अंकले बढ्यो भने अरु समूह घटेका छन्।  बैंकिङ ३३, ब्यापार ५४, होटल तथा पर्यटन १०९, विकास बैंक ७१, जलविद्युत ५१, फाइनान्स ४९, निर्जीवन बीमा २९०, उत्पादन १३३, माइक्रोफाइनान्स १४६ र जीवन बीमा ३०२ अंकले घटेका छन्।

यस दिन कारोबार रकम भने जम्मा ७ अर्ब ४९ करोडमा खुम्चिएको छ। केही दिनयता कारोबार रकम घटिरहेको छ।

आइतबार ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ९ अर्ब ८२ करोडमा खुम्चिएको थियो।

यस दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ कायम भएको छ।

युनाइटेड मोदी हाइड्रोको मूल्य ७.७ प्रतिशतले बढेको छ। जलविद्युत लगानी तथा विकास कम्पनी र युनिलिभर नेपालको मूल्य ५ प्रतिशतले बढेको छ।

आरएमडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७.७ प्रतिशत मूल्य गुमाए। रुरुको मूल्य ७ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *