Banking Khabar
राष्ट्रिय

काठमाडौंका सिडीओको सरुवा

September 7, 2021
सेयर:

२२ भदौँ, काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो ।

पराजुलीलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आएका थिए।