२ सय मेगावाटमाथिका जलविद्युत् आयोजनालाई आयकरमा २१ वर्षसम्म छुट
२५ भाद्र २०७८, शुक्रबार १५:१५
२५ भदौँ, काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । प्रतिस्थापन विधेयकमा जलाशय तथा अर्ध जलाशययुक्त २०० मेगावाटमाथिका जलविद्युत् आयोजनाले २१ वर्षसम्म छुट पाउने ब्यबथा गरिएको छ ।
विधेयकमा २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २ सय मेगावाट माथिका जलविद्युत आयोजनाले २१ वर्षसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
अर्थमन्त्री शर्माले बजेट घोषणा गर्दै व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर गरी २१ वर्ष छुट दिने व्यवस्था मिलाएको बताए ।
साथै, आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ ।