Banking Khabar
Heading2

डिएफएसके दसैंअफरः साढे तीनलाख नगद छुट, ५० हजार एक्स्चेन्ज बोनससहित एकवर्षको कर छुट

September 12, 2021
सेयर:

काठमाडौँ – डिएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपालले चाडपर्वलाई मध्यनजर गरेर एक स्कीम सार्वजनिक गरेको छ।

कुजु नेपालले दसैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो।

डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्नेछन्। साथै, तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ।

माथिको नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रीक स्कुटर सि१एस वा जि ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन्। उक्त स्कुटरको मूल्य तीन लाख ५० हजार रुपैयाँ छ।

डिएफएसके ग्लोरी५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन्।

कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ। नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन्। यो स्कुटर र माउन्टेन बाइकको मूल्य दुई लाख ५० हजार बराबर हुनेछ।

ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ।

इन्डोनेशियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मनपराउँदै आएको मोडल हो।