Banking Khabar
Heading1

उत्तर कोरियाद्वारा १५ सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण

September 13, 2021
सेयर:

काठमाडौं- उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ। जापानको अधिकांश क्षेत्रमा मार हान्न सक्ने क्रुज मिसाइल परीक्षण गरिएको जनाइएको छ।

यसै हप्ता परीक्षण गरिएको मिसाइलले १ हजार ५ सय किलोमिटर टाढासम्मको यात्रा गर्ने केसीएनएलाई उदृत गर्दै बीबीसीले जनाएको छ। उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई निकै महत्व भएका रणनीतिक हतियार को रुपमा व्याख्या गरेको छ।

केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३ औं वर्षगाठ भनाएको थियो। बुधबार प्योङयाङमा मध्यरातमा आयोजना गरिएको सैनिक परेडमा उत्तर कोरियाली शासक किम जोङ उन पनि सहभागी भएका थिए। त्यतिबेला भने कुनै पनि ठूला हतियार र मिसाइल प्रदर्शन गरिएको थिएन।

खाद्य संकटसँग जुधिरहेको उत्तरले हतियार विकसित गर्न सक्षम रहेको देखिएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाको क्रूज मिसाइ आमरुपमा बेलास्टिक मिसाइलको  तुलनामा कमजोर मानिन्छ र यसमाथि संयुक्त राष्ट्रस‌ंघले प्रतिबन्ध लगाएको छैन।

जापानका मुख्य क्याबिनेट सचिव कात्सुनोबु काटोले पछिल्लो घटनाले ‘चिन्तित बनेको’ बताएको रोयटर्सले जनाएको छ। उनको सरकारले समस्या समाधानका लागि अमरिका र दक्षिण कोरियासँग मिलेर समस्या समाधानका लागि काम गरिरहेको बताएका छन्।