नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ?

२८ भाद्र २०७८, सोमबार १२:१०

२८ भदौँ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया ९२५ लाख कित्ता० मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

सोमवार नेप्से र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारबाट कारोबारमा आउनेछ ।उक्त ऋणपत्र कम्पनीले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सार्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *