भोलिदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?
२८ भाद्र २०७८, सोमबार १२:२७
२८ भदौँ, काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले भोलि, मंगलबारदेखि संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको हो ।
उक्त संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघरसंस्थाहरुले कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।