कहिले निष्कासन गर्दैछ सर्वसाधारणको लागि चन्द्रागिरि हिल्स कम्पनीले आईपीओ ?

२८ पुष २०७७, मंगलवार १६:४२

यतिबेला आम लगानीकर्ता चन्द्रागिरि हिल्स कम्पनीको दोस्रो चरणको सर्वसाधारणले भर्न मिल्ने आईपीओ निष्कासनको समय पर्खिरहेका छन् । पुस पहिलो साताभित्रै दोस्रो चरणमा सर्वसाधारणले भर्न मिल्ने गरि १५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको थियो । तर, पुस १५ गतेसम्ममा पनि दास्रो चरणको आईपीओ निष्कासन हुन् सकेको छैन् । पहिलो चरणको आईपीआमा आवेदन दिने स्थानिय आयोजना प्रभावित हुन वा हैनन् भेरिफिकेशनमा केहि समय लागेका कारण दोस्रो चरणको आईपीओ निष्कासन ढिलाई भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दाहरुको लागि गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म बिक्री गरेको साधारण सेयरको आज (पुस १५ गते) बुधबार बाँडफाँट हुनेछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर बाँडफाँट बुधबार गर्न लागेको हो। सो शेयर आज दिउँसो ३ बजे कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट गरिनेछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ ९साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८० एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि सो शेयर निष्काशन गरेको थियो। भने, सर्वसाधारको लागि कम्पनीले दास्रो चरणमा १५ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारको लागि दोस्रो चरणको आईपीओ निष्कासन गर्ने क्यापिटलले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *