नेप्से ४९.१७ अंकले बढ्यो, कारोबार कति ?
साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४९.१७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४९.१७ अंकले बढेर २ हजार ०६२.०६ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.८६ अंकले बढेरर ३९१.३० मा पुगेको छ । आज कूल २०८ सय वटा कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार गरेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । उक्त कम्पनीको ३२ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक समूहको परिसूचक घटेको छ । भने बाँकी निर्जीवन बीमा, अन्य, लघुवित्त जीवन बीमा र म्युचुअल फण्ड, व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत समूहको परिसूचक बढेको छ ।