बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा विशेष छुट

३० भाद्र २०७८, बुधबार १२:३७

३० भदौँ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिबिच सम्झौता भएको छ । बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले एसआरएल डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

एसआरएल डाईग्नोष्टिकले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds