राष्ट्रिय वाणिज्य बैंक, युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता
३० भदौँ, काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराइ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका ९संखुवासभा जिल्ला० बीच मंगलबार काठमाडौँमा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ ।
साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने बैंकले जनाएको छ ।