दुई वाणिज्य बैंक सहित १२ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १७ गते, शुक्रबार १२ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बिहीबार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी बैंक लिमिटेडको ९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मेगा बैंक नेपाल लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८२० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
हिमालयन डिष्टिलरी लिमिटेडको ५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ५२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार २८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
छ्याङदी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १५५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४०५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
गुडविल फाइनान्स लिमिटेडको ८.४० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
पोखरा फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १६७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६७४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९४ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार १५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।