एनआरएन इन्फ्रास्ट्रक्चरको ३ प्रतिशत लाभांश प्रस्ताव
२८ पुष २०७७, मंगलवार १६:५६
एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले संचालक समितिको पुस १६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको लागि लाग्ने कर बापत ०.१५ प्रतिशत अर्थात १६ लाख ९९ हजार २१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश आगामी सााधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ ।