मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट, एम्बुलेन्स सेवा निःशुल्क

३१ भाद्र २०७८, बिहीबार ११:५८

३१, भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, एम्बुलेन्स सेवा निःशुल्क पाउने सम्झौतामा उल्लेख छ ।

आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधि खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिइने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *