बुक बिल्डिङ विधिबाट ४० करोडको आईपीओ आउँदै, लगानीकर्ता उत्साहित
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरे पश्चात कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यतिबेला नेपालमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग धितोपत्र बोर्डमा सुचिकृत भएर आम सर्वसाधारणलाई शेयर दिने परम्परा सुरु भएको छ । निजी लगानीका कम्पनीलाई पब्लिक कम्पनी बनाएर प्राथमिक शेयर ‘आईपीओ’ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । निजी लगानीको शिवम् सिमेन्ट अहिले नेप्सेमा सेयर कारोबार भैरहेको छ । कम्पनीले ४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ। चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको प्रक्रिया शुरु गरिएको कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । आइपिओ जारी गर्नका लागि कम्पनी ३ वर्षदेखि लगातार नाफामा गएको हुनुपर्छ । सर्बोत्तम सिमेन्ट लगातार ३ वर्षदेखि नाफामा रहेको कम्पनीको दाबी छ । कम्पनीको दोस्रो साधारण सभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारीमा छ । आर्थिक वर्ष२०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा साधारण सभामा छलफल गरी पारित गरिने छ ।