लक्ष्मी क्यापिटले डाक्यो वार्षिक साधारण सभा , के-के छन् प्रस्ताव ?

३ आश्विन २०७८, आईतवार ११:५९

३ असोज, काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा डाकेको छ । सभा असोज २४ गते लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय अनुसार साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ करोड ५ लाख बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रचलित कानून बमोजिम सञ्चालक सदस्यको नियुक्ति गर्ने एजेण्डा रहेको छ

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *