एमालेमा अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने , ७० वर्षे उमेरहद कायमै
३ आश्विन २०७८, आईतवार १५:००
३ असोज, काठमाडौं ।एमाले अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने भएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो ।
आइतबारको स्थायी कमिटी बैठकमा प्रस्तुत दस्ताजबेजमा उमेरहद कायम राखिएको छ । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो ।
सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । नेकपा एमालेले ७० वर्ष उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ ।