विरगंजमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा

४ आश्विन २०७८, सोमबार ११:४१

४ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको हो ।

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *