काठमाडौं– ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।