तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल
४ आश्विन २०७८, सोमबार १४:३४
४ असोज, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको हो ।
उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब तेह्रथुमको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नेपाल बंगलादेश क्यापिटलले गर्ने भएको छ ।