सिभिल र सिन्धु विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै

५ आश्विन २०७८, मंगलवार १२:४८

 ५ असोज, काठमाडौं । सिभिल बैंक र सिन्धु विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । दुवै बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (असोज ५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

जसमा सिभिल बैंकको संस्थापकले बैंकको केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौं र सिन्धु विकासका संस्थापकले बैंकको कर्पोरेट कार्यालय, बनेपा काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।

उकत अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने दुवै बैंकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds