सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

५ आश्विन २०७८, मंगलवार १४:०९

५ असोज, काठमाडौं । सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ।

ओली सरकारको भारत, चीन, अमेरिका, बेलायत, जापान नियुक्त गरेका राजदूतहरु फिर्ता हुने भएका छन् । भारतका लागि निलाम्बर आचार्य, अमेरिका लागि पूर्वमन्त्री डा युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *