साहज उर्जाको आईपीओ आजदेखि विक्रीमा
काठमाडौं– साहस उर्जा लिमिटेडले आज (बुधबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।
उक्त सेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। कम्पनीको सेयरमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
साथै मेरो सेयरको मोबाइल एप्लिकेसन तथा वेब साइटबाट पनि आवेदन दिन सकिने विक्री प्रबन्धकले जनाएको छ।