तथ्यांकमा हेर्नुस् साउन र भदौमा कुन बैंकले कति बढाए कर्जा ?

६ आश्विन २०७८, बुधबार १०:०६

काठमाडौं – यस आर्थिक वर्षको सुरुआतदेखि नै वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको अभाव छ। रकम अभावका कारण बैंकहरुको बिजनेस समेत प्रभावित भएको छ। बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो।

साउन महिनामा निक्षेप घट्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको हो। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार साउन महिनामा ७८ अर्ब रुपैयाँ निक्षेप घटेको छ, यद्यपि भदौमा ४८ अर्ब थपिएको छ।

समग्रमा दुई महिनामा बैंकहरुमा ३० अर्ब रुपैयाँ निक्षेप घटेको छ। भदौ मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

निक्षेप घट्दा र लगानीयोग्य रकमको अभावका बाबजुत साउन र भदौ दुई महिनामा मात्रै वाणिज्य बैंकहरुले १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्।

असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुले ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौ मसान्तसम्म  कुल ३८ खर्ब ७१ अर्ब प्रवाह गरेका छन्।

दुई महिनामा कर्जा विस्तारमा एनआइसी एसिया बैंक सबैभन्दा बढी आक्रामक देखिएको छ। एनसिसी, ग्लोबल आइएमई, सिद्धार्थ तथा एनएमबि बैंकले पनि उल्लेख्य कर्जा विस्तार गरेका छन्।

एनआइसी एसिया बैंकले प्रवाह गरेको कर्जा सबैभन्दा बढी छ। सो बैंकले भदौ मसान्तसम्म २ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। स्टान्डर्ड चार्टड र नेपाल बंगलादेश बैंक भने कर्जा विस्तारमा सबैभन्दा पछाडि छन्।

तथ्यांकमा हेर्नुस् कुन बैंकले कति बढाए कर्जा ?

(रकम अर्बमा)

बैंक असार मसान्तसम्मको कर्जा भदौ मसान्तसम्मको कर्जा वृद्धि रकम
कृषि विकास 151.54 155.77 4.23
बिओके 98.90 102.54 3.64
सेन्चुरी 81.39 86.41 5.02
सिटिजन्स 123.64 128.23 4.59
सिभिल 83.04 86.48 3.44
एभरेष्ट 134.95 139.00 4.05
ग्लोबल आइएमई 242.50 254.22 11.72
हिमालयन 132.86 139.51 6.65
कुमारी 143.77 154.20 10.43
लक्ष्मी 108.65 114.22 5.57
माछापुच्छ्रे 116.27 124.33 8.06
मेगा 141.12 141.11 -0.01
नबिल 205.65 212.96 7.31
नेपाल बंगलादेश 71.17 73.61 2.44
नेपाल 144.95 150.23 5.28
एनसिसी 99.91 108.89 8.98
इन्भेष्टमेन्ट 167.19 171.25 4.06
एनआइसी एसिया 264.84 278.73 13.89
एनएमबि 158.04 167.37 9.33
एसबिआई 101.58 107.57 5.99
प्रभु 142.26 142.39 0.13
प्राइम 142.98 146.20 3.22
राष्ट्रिय वाणिज्य 199.76 201.45 1.69
सानिमा 122.69 127.38 4.69
सिद्धार्थ 165.68 176.37 10.69
स्टान्डर्ड चार्टड 72.05 73.95 1.90
सनराइज 103.37 107.59 4.22
कुल 3,720.75 3,871.96 151.21

स्राेत- नेपाल बैंकर्स एसोसिएसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *