साहस उर्जाले निष्काशन गरेको आइपीओमा दिन नै माग भन्दा बढी, कति पर्यो आवेदन ?

६ आश्विन २०७८, बुधबार १३:२५

६ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओमा पहलो दिन नै माग भन्दा बढीको आवेदन परेको छ ।सिडिएससीका अनुसार कम्पनीको आइपीओमा आज ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका हुन् ।

कम्पनीले आज असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउनेछन् ।

उक्त आइपीओ छिटोमा असोज १० गतेसम्म बिक्री खुला रहनेछ । यदि पहिलो चरणमा माग बराबरको आवेदन नपरेमा ढिलोमा असोज २० गतेसम्म बिक्री खुला हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *