Banking Khabar
Heading2

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ

September 24, 2021
सेयर:

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। बिहीबार  ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पुनः ६ सय रुपैयाँले ओरालो लागेको हो।

आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बिहीबार सुनको मूल्य घटे पनि  चाँदीको मूल्य भने बढेको छ।

बिहीबार प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार  ५ रुपैयाँले बढेको हो। आज चाँदी  ११ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।