प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो, बोनस कति ?

८ आश्विन २०७८, शुक्रबार १२:३७

८ असोज, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *