उद्योगपति बसन्त चौधरीलाई हृदयघात

८ आश्विन २०७८, शुक्रबार १५:५९

८असोज, काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ ।हाल दुबईमा रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई दुबईकै एक अस्पताल भर्ना गरिएको छ । केही दिन अघिमात्र उनी परिवारसहित दुबई भ्रमणमा गएका थिए ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापकसमेत रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका छन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार उनलाई हृदयघात भए पनि अवस्था भने गम्भीर छैन । हाल दुबईकै एक अस्पतालमा उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *