नर्भिकले मुटुको जाँचमा १०%छुट दिने

१३ आश्विन २०७८, बुधबार १२:५३

१३ असोज, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसका अवसर पारेर विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ।

नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो।

यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।

उक्त अफर आज २९ सेप्टेम्बरदेखि लागू भई २ अक्टुबरसम्म कायम रहने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *