Banking Khabar
Heading2

नबिल बैंकलाई दोस्रोपटक लिडिङ पार्टनर बैंक अवार्ड

September 30, 2021
सेयर:

काठमाडौं– नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ। सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि पाएको थियो।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत् बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ।

एशियाली विकास बैंक– ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले जनाएको छ।