भिभो ‘लक्की ड्र’ अभियानमा आकर्षक उपहार जित्‍ने अवसर

१५ आश्विन २०७८, शुक्रबार १०:१६

काठमाडौं- स्मार्ट फोन उत्पादक कम्पनी भिभोले दसैंको अवसरमा ‘भिभो लक्की ड्र अभियान’ सञ्‍चालनमा ल्याएको छ। उक्त अभियानअन्तर्गत प्रत्येक भिभो स्मार्ट फोन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भिभो स्मार्ट फोन खरिद गर्ने ग्राहकले यो अभियानमा सहभागिता गर्ने मौका पाउनेछ। भिभो स्मार्ट फोन कुनै पनि भिभोको विशेष स्टोर वा आधिकारिक खुद्रा विक्रेता पसलबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

‘दसैं भिभो लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै: एलजीका होम अप्लायन्सेज्, ल्यापटप, भिभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ हेडफोन, ब्लुटुथ स्पिकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्ने छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्धारित योजना अवधिभर भिभोका उत्पादन खरिद गर्ने ग्राहकले यसमा सहभागिता गर्न सक्नेछन्। यसका लागि भिभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds