एनआईसी एशियाको भाइबर क्विजमा हरेक हप्ता एक जनालाई स्मार्टवाच

१५ आश्विन २०७८, शुक्रबार १२:०९

१५ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज संचालनमा ल्याएको छ । शुक्रबार बैंकले भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज संचालन गरेको जानकारी दिएको हो ।

हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकको भाइबरमा हरेक दिन संचालन हुने क्विजमा ग्राहकहरु सहभागी भइ थुप्रै उपहारहरु जित्न सक्नेछन् ।

भाइबर क्विजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच र दैनिक ४ जनाले ५०० रुपैयाँको मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् ।

बैंकका अनुसार यस क्विजमा सहभागी हुन ग्राहकले बैंकको भाइबर कम्युनिटीमा जोडी त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने छ । यो क्विज कात्तिक १० गतेसम्म संचालन हुने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *