न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै साढे दुई गुणा आवेदन

१५ आश्विन २०७८, शुक्रबार १३:४०

१५ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिननै करिब साढे दुई गुणाको आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ३ लाख ९० हजार आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ५० लाख ७१ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २.४२ गुणा बढी हुन आउछ ।

न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा असोज १९ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बैंकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *