Banking Khabar
Heading1

साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश प्रस्ताव, कात्तिक २ देखि बुक क्लोज

October 3, 2021
सेयर:

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको  ५४औं वार्षिक साधारण सभा आगामी कात्तिक १६ गते हुने भएको छ।

सभाले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साथै, सभाले आव २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ।