नेप्से परिसूचक ५५ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

१७ आश्विन २०७८, आईतवार ११:३१

१७ असोज, काठमाडौं । साताको पहिलो दिन सेयर बजार नेप्सेमा ५५ अकंले पहिरो गएको छ । आज सेयर बजार ९नेप्से० ५५ दशमलब ९३ अकंले घटेर २५७७ दशमलब ४९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ०७ अकंले घटेर ४८५ दशमलब ९८ विन्दुमा पुगेको छ ।

आज २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको १४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनी प्रोमोटर शेयरको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबै भन्दा धेरै कमाउनेमा मैलुङ्ग खोला जलविद्यृत, सबैको लघुवित्त, प्रिमियर इन्स्योरेन्स, माउन्टेन इनर्जी लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स, रैराङ्ग हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल, छयाङ्दी हाईड्रोपावर, युनाईटेड मादी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *