साहस उर्जाको आइपिओ बाँडफाँड सम्पन्न, गोलाप्रथाबाट ६ लाख ४४ हजारले पाए १० कित्ता

१७ आश्विन २०७८, आईतवार १३:३७

१७ असोज, काठमाडौं । साहस उर्जा लिमिटेडकोे आईपीओ आइतवार बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् ।कम्पनीको अनुसार २ लाख १० हजार कित्ता कर्मचारी र ३ लाख ५० हजार कित्ता सामुहिक लगानीकोषहरुले प्राप्त गरेका हुन् ।

शेयरका लागि २३ लाख ८३ हजार ४६० जनाको योग्य आवेदन परेकोमा ११ हजार ९९६ जनाको आवेदन रद्द गरेको बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । गोलाप्रथाबाट ६ लाख ४४ हजार जना चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds