Banking Khabar
Heading2

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

October 4, 2021
सेयर:

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले  सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।