उत्तर र दक्षिण कोरियाबीचको हटलाइन फेरि सुरु

१८ आश्विन २०७८, सोमबार ०९:३६

काठमाडौं-  सीमा पार हटलाइन काटेको महिनौंपछि उत्तरले दक्षिण कोरियासँगको सञ्चालन सम्बन्धलाई पुन: सुरु गरेको छ।

उत्तर कोरियाका शासक किम जोन उनले दक्षिणसँग हटलाइन पुन: सुरु गर्न चाहेको बताएको केही समयपछि सशर्त रुपमा बहाल गरेका छन्। तर, प्योङयाङले हटलाइन पुन सुरु गर्ने काम दक्षिण कोरियाली अधिकारीहरुको रवैयामा भर पर्ने जनाएको छ।

सोमबार बिहान दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दुबै कोरियाका अधिकारीहरुले अगष्टपछि पहिलोपटक फोन संवाद गरेका बीबीसीले जनाएको छ।

उत्तर कोरियाले पछिल्लो समय सैन्य परीक्षणमा तिव्रता दिएको छ।

एक महिना भन्दा कम समयमा उसले ४ मिसाइल परीक्षण गरेको छ। यसबाट उत्तर सैन्य विकासलाई कम गर्ने पक्षमा नरहेको देखिएको बीबीसीले उल्लेख गरेको छ।

दुई देशबीचको हटलाइन सेवा कयौंपटक काटिने र बहाल गरिने भएको छ।

सन् २०२० मा उत्तर र दक्षिण कोरियाबीचको असफल शिखर सम्मेलनपछि प्योङयाङले एक  अन्तर-कोरियाली सीमा कार्यालय उडाइदिएको थियो जसलाई सञ्चारमा सुधारका लागि बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *