इसेवाको चाडपर्व लक्षित अफरः बम्पर उपहारमा स्कुटर जित्न सकिने

१८ आश्विन २०७८, सोमबार ११:३६

१८ असोज, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ ।

इसेवाले नेपालीहरूको महान चार्ड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका अफर तथा योजनाहरु सार्बजनिक गर्दै आएकोे छ । इसेवाले घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बम्पर उपहारमा १ सय स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सक्ने छन् । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने ईसेवाले जनाएको छ ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैँ क्याम्पेनमा ५ सय जनाले ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् ।

यस्तै फ्ल्यास् अफर अन्तरगत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा रू ५० सम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हु्नेछ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds