सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश
२० आश्विन २०७८, बुधबार ०५:२०
काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.६३ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।