अब एनएमबि बैंकका ग्राहकले सिजीका सामानहरुमा ४० % सम्म छुट पाउने

२० आश्विन २०७८, बुधबार ११:४६

२० असोज, काठमाडौं । एनएमबि बैंकले आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी सिजि डिजिटल तथा एलजी, शपी शोरुमहरुबाट एलजी, सिजी, गोदरोज, टीसीएल, सेन्सेई, केन्ट, ईलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सयसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सिजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।

यसैगरी, यसको लागी ग्राहकले सि।जी। डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *