केएल टावरको ‘टीभीएस रमाइलो दसैँतिहार योजना’, हरेक हप्ता उपहारै–उपहार
२१ असोज, काठमाडौं । केएल टावरले दसैं–तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैं तिहार’ हरेक साता उपहारै उपहार योजना सुरु गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
एल टावरले दसैँतिहारका लागि उपहारै–उपहार सहितको ‘रमाइलो दसैँतिहार’ हरेक हप्ता उपहारै–उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ ।
१ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रूपमा सीजी ब्रान्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।
बम्पर प्राइजमा एक जनालाई टीभीएस अपाचे आरटीआर १६० २भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणि तिमिल्सिनाले बताए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए ।
असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए । उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।
साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरू समेत खुलेका छन् । सिनेमा हलहरू खुलेको र दसैं लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरूको चहलपहलसमेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ मलहरू दसैं नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन् ।
टावरमा पचासवटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल सञ्चालनमा छन् ।