नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औँ शाखा बाराको सिम्रौनगढमा
२२ आश्विन २०७८, शुक्रबार १३:२४
२२ असोज, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिँदै आएको छ ।