डिप्रोक्स लघुवित्तको साधारण सभा भोलि

२२ आश्विन २०७८, शुक्रबार १३:३७

२२ असोज, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा भोलि असोज २३ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने जनाएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज असोज १२ गतेदेखि नै बन्द गरिसकेको छ । असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश लिन तथा सभामा भाग लिन पाउने भएका छन् ।

सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *