Banking Khabar
Heading2

हुण्डाइ हाइवे एसुरेन्स : हाइवेमा फ्रि चेक अप क्याम्प

October 10, 2021
सेयर:

काठमाडौं- नेपालको लागि हुण्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले ‘हुण्डाइ हाइवे एसुरेन्स’ हुण्डाइ गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ।

यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुण्डाइ गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको जनाएको छ। वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाइ गाडीमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुण्डाइ गाडीको फ्रि चेक अप क्याम्प गराउनुका साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार  (सिरिन हाइवे), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल, नेपालगञ्‍ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगञ्‍ज (पथलैया चोक) र हेटौंडा (बाइपास मार्ग, कपुर कम्पलेक्स)मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरेको छ।

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।