जेए ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रबृत्ति

२४ आश्विन २०७८, आईतवार १३:०५

२४ असोज, काठमाडौं । जेए ग्रुपका संस्थापकहरुले बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २०० थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्।

उनीहरुले नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।

संस्थापकहरु अनारदेवी श्रेष्ठ, जिज्ञाशा अर्याल र श्रेषा शाक्यले संयुक्त रुपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरे। उनीहरुले नेपालीहरुको महान चाडका अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए।उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाका लागि अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए।

जे.ए. गु्रपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

जे।ए।ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *