काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ।