काठमाडौं- विजया दशमीको तेस्रो दिन आज (आइतबार) पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।
घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पूजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।
यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम शुरु भइसकेको छ ।