काठमाडौं- चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर राखेका हुन् ।
‘दैनिक उपहार योजनाअन्तर्गत एक जोडीले सिनेमा हलको टिकट, हजार रुपैयाँ बराबरको सपिङ भौचर र उपहारहरू पाउनेछन्,’ उनले भने, ‘साप्ताहिक विजेताले सीजीका होम अप्लाइन्सेस, टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायत उपहार पाउने छन् ।’ यी योजनामा सहभागी हुन कम्तीमा हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेछ ।
गोंगबुस्थित बीजी मलले दसैंमा घरमा जानेहरूलाई लक्षित गर्दै ‘फ्यान्टास्टिक दसैं तिहार’ योजना ल्याएको छ । योजनाअनुसार ५० भन्दा बढी आउटलेटहरूले आफ्ना सामग्रीमा ३०–४० प्रतिशत छुट दिएको बीजी मलका समेत संयोजक रहेका तिमिल्सिनाले जानकारी दिए ।
‘बालबालिकादेखि बूढापाकासम्मका कपडा, इलेक्ट्रोनिक्स सामान, विभिन्न ब्रान्डका मोबाइलमा छुट दिइएको छ,’ उनले भने, ‘मलभित्र सपिङ गर्दा ग्राहकहरूले १२५ सीसीको टीभीएस एनटर्क स्कुटर र अन्य इलेक्ट्रोनिक्स सामानहरू उपहारमा पाउने छन् ।’
सुन्धारामा रहेको सिभिल मलले मोटरसाइकल जित्न सकिने योजना ल्याएको छ । दसैंतिहारमा किनमेल गर्ने ग्राहकले बम्परमा टीभीएस अपाची आरटीआर १६० टुभी मोटरसाइकल जित्न सकिने योजना रहेको मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए । ‘ग्राहकहरूले इलेक्ट्रोनिक्स सामान, ट्राभल प्याकेज, गिफ्ट भौचर समेत पाउने योजनामा छ,’ उनले भने, ‘हरेक साता एक जनालाई १० हजार रुपैयाँको नगद भौचर दिइनेछ । साथै मलमा सामान किन्नेले ७० प्रतिशतसम्म छुट पाउने छन् ।’
हरेक साता एक जोडीलाई दुई रात तीन दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको व्यवस्था रहेको उनले जानकारी दिए । ‘साथै एक जनाले टीभीएस एनटर्क स्कुटर जित्न सक्छन्,’ उनले थपे, ‘यसका लागि सिभिल मलको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, युट्युब च्यानललाई फलो गर्नुपर्नेछ ।’ मलमा हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने मात्रै यो योजनामा सामेल हुन सक्ने उनले बताए ।
होम एप्लाइन्सस, इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडालगायत सबै सामान एकै स्थानमा पाइने भएकाले किनमेल गर्न सपिङ मलमा उपभोक्ताहरूको भीड लाग्ने गर्छ । कतिपयलाई छुट तथा उपहार योजनाले पनि किनमेलका लागि मलसम्म पुर्याउँछ ।
यही तथ्यलाई ध्यानमा राखी ललितपुरको पुल्चोकस्थित लबिम मलले पनि दसैंमा छुट योजना ल्याएको छ ।
मलले उपभोक्ता लक्षित विभिन्न सामग्रीहरूमा छुट अफरहरू राखिएको जनाएको छ । उपत्यकाका अन्य मलका आउटलेटहरूले पनि आफ्ना नयाँ सामानहरूमा १०–१५ प्रतिशत छुट र पुराना सामानहरूमा सेल अफर राखेका छन् । उपत्यकामा यस्ता मलहरू दुई दर्जनभन्दा बढीको संख्यामा छन् । कान्तिपुर दैनिकबाट